नियम
अख्तियारी पठाउने व्यवस्था र खाता सञ्चालन

७. अख्तियारी पठाउने व्यवस्था र खाता सञ्चालन

(१) नेपाल सरकार, अर्थ मन्त्रालयले ज्ञढस्थानीय विकास अधिकारीलाई रकम खर्च गर्ने अख्तियारी पठाई सोको जानकारी स्थानीय विकास मन्त्रालय र सम्बन्धित संसद सदस्यलाई दिनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम नेपाल सरकारबाट प्राप्त रकम खर्च गर्नको लागि कार्यक्रमको नाममा छुट्टै बैंक खाता खोली सो रकम उक्त बैंक खातामा जम्मा गर्नु पर्नेछ ।

(४) उपनियम (३) बमोजिमको खाताको सञ्चालन सचिव र जिल्ला विकास समितिको लेखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ ।
(५) उपनियम (१) बमोजिमको रकम खर्च गर्दा नियम ६ को उपनियम (१) बमोजिम पेश भएका कार्यक्रम बाहेक अन्यत्र खर्च गर्न पाईने छैन ।
(५क) यस नियमावली बमोजिम कार्यान्वयन गरिने कार्यक्रमको लागि पहिलो किस्ता वापतको रकम निकासा भएपछि सोको आवधिक मूल्यांकन सहितको प्राविधिक प्रतिवेदन प्राप्त नभएसम्म सोही कार्यक्रमको बाँकी किस्ता वापतको रकम निकासा गरिने छैन ।

(६) प्रतिनिधिसभाका सदस्यले नियम ६ को उपनियम (१) बमोजिम कार्यक्रम पेश गरिसकेपछि प्रतिनिधिसभा द्दद्दविघटन वा कार्यकाल समाप्त भएपनि उक्त कार्यक्रम कार्यान्वयन गर्न बाधा पर्ने छैन । तर कार्यक्रम पेश नगर्दै कुनै कारणले प्रतिनिधिसभाको सदस्य नरहेमा उक्त रकम स्वतः फ्रिज हुनेछ ।

(७) उपनियम (१) बमोजिम प्राप्त रकम आर्थिक वर्षको अन्त्यसम्ममा खर्च नभई बा“की रहेमा त्यस्तो रकम सम्बन्धित जिल्ला विकास समितिले कोष तथा लेखा नियन्त्रक कार्यालयमा फिर्ता पठाउनु पर्नेछ ।